काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट प्राइम कमर्शियल बैंकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।