free website hit counter

प्रथम वार्षिक साधारण सभाले पारित गर्यो हिमालयन रि–इन्स्योरेन्सको आइपीओ प्रस्ताव

beemaadmin
२०७८ कार्तिक २७, शनिबार

काठमाडौं । हिमालयन रि– इन्स्योरेन्स कम्पनीको प्रथम वार्षिक साधारण सभा सन्पन्न भएको छ । सभाले आइपीओ जारी गर्ने प्रस्तावलाई पारित गरेको छ । कम्पनीको प्रथम साधारण सभाले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ। कम्पनीले आइपीओ निष्काशनको प्रस्ताव राखे पनि नियमअनुसार ३ आर्थिक बर्षको मुनाफामा सरिक भएपश्चात् मात्र सर्वसाधारणलाई लागि आइपीओ जारी गर्न पाइनेछ । सभामा संचालक समितिको तर्फबाट अध्यक्षयले प्रस्तुत गर्ने २०७७–७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने बिषयमा छलफल सम्पन्न भएको छ। साथै सभामा आव २०७७–७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने सामान्य प्रस्ताव समेत पारित गरेको छ । साधारणसभामा आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पारित गरेको छ । ।कम्पनीले सभामा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पुर्ण अधिकार प्रत्योजन गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही अनुसार गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव समेत पेश गरेको छ ।

सम्बन्धित समाचार