free website hit counter

निफ्राले बढायो नाफा

beemaadmin
२०७८ कार्तिक २८, आईतवार

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। निफ्राले समीक्षा अवधिमा २४ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३४.३७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा निफ्राले १८ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा निफ्राको सञ्चालन मुनाफा पनि ३४.१९ प्रतिशतले बढेर ३४ करोड ५७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा २५ करोड ७६ लाख रुपैयाँमा सीमित थियो। यो अवधिमा निफ्राले खुद ब्याज आम्दानी ४५.७८ प्रतिशतले बढाउन सफल भएको छ। गत वर्ष यही अवधिमा २८ करोड ३५ लाख रुपैयाँमा सीमित यस्तो आम्दानी बढेर ४१ करोड ३४ लाख रुपैयाँ पुगेको छ। निफ्राले २९ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिमा निफ्राले २५ करोड निक्षेप संकलन गरी ९० करोड ८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।
समीक्षा अवधिमा निफ्राको रिजर्भको आकार ४५.६८ प्रतिशतले बढेर २ अर्ब ६४ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १ अर्ब ८१ करोड रुपैयाँ थियो। निफ्राको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर ४.८४ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा निफ्राको ईपीएस ६ रुपैयाँ थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार