काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई आफूखुशी ब्याजदर बढाउन नदिने गरी नयाँ निर्देशन जारी गरेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरूका लागि जारी गरेको निर्देशन अनुसार औसतमा बैंकहरूको ब्याजदर १०.०४ प्रतिशत भन्दा बढी बढाउन नपाइने भएको छ ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार कात्तिकमा बैंकहरूले अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले मात्रै ब्याजदर बढाउन पाउने व्यवस्था गरेको थियो । अवको मंसिर महिनालाई पनि सोही व्यवस्था छोडिदिने हो भने ब्याजदर १० प्रतिशतबाट धेरै माथि जान सक्ने देखिएको हुँदा मंसिरमा बैंकहरूको ब्याजदमा हुने अस्वस्थ प्रतिस्पर्धा रोक्न औसत १०.०४ प्रतिशत कायम गर्न खोजिएको हो । पछिल्लो निर्देशनले बैंकको ब्याजदर धेरैको १० प्रतिशत भन्दा माथि जानबाट रोकिने ढकालले बताए ।
कार्तिक महिनामा अधिकांश वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा ९.३६ प्रतिशतको ब्याजदर छ । वाणिज्य बैंकहरुको निक्षेपमा ८ प्रतिशतसम्म पनि ब्याजदर रहेकाले औसतमा अघिल्लो महिनाको अधिकतम भन्दा पनि हुन पनि आउँछ । अघिल्लो महिना बैंकहरुले प्रकाशित गरेको मुद्दति निक्षेपको अधिकतम ब्याजदर औसत ९.१३ प्रतिशत रहेको छ।
यसको १० प्रतिशत ब्याजदर बढाउदा पनि १०।०४ प्रतिशत हुन्छ । यसले गर्दा बैंकहकरुले अधिकत १०।०४ प्रतिशतसम्म मात्रै ब्याजदर कायम गर्न पाउने राष्ट्र बैंकले बैंकहरूका लागि जारी गरेको नयाँ निर्देशनमा उल्लेख छ । केही बैंकको अघिल्लो महिनाको अधिकतम ब्याजदरमा १० प्रतिशत मात्रै बढाउदा पनि उक्त ब्याजदरभन्दा धेरै हुन जान्छ तर ती बैंकले पनि अधिकतम १०.०४ प्रतिशतसम्म मात्रै ब्याजदर कायम गर्न पाउछन्।
राष्ट्र र्बैंकले जारी गरेको निर्देशनमा भनिएको छ । ‘इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदर (उपबुँदा ५ को प्रतिबन्धात्मक वाक्यांश र उपबुँदा ७ ले तोकेका खाताबाहेक) को औसत तथा न्यूनतम ब्याजदर ९कल निक्षेप बाहेक० को औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्नेछन् ।’