free website hit counter

बीमा समितिको निर्णयविरुद्ध बीमक संघ

beemaadmin
२०७८ मंसिर १३, सोमबार

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको केन्द्रीय कार्य समितिको बैठकले नियामक निकाय बीमा समितिको पुनर्बिमा सम्बन्धी निर्णयको विरुद्धमा उत्रिने भएको छ । अधिकांश बीमा कम्पनीका सिईओहरु उपस्थित भएको बैठकले पुनर्बीमाको विवादस्पद निर्णय र कोरोना बीमाको दाबी भुक्तानीका विषयमा छलफल केन्द्रित भएको थियो । संघको पूर्ण बैठकमा बीमा समितिले जारी गरेको पुनर्बीमा सम्बन्धी दबावपूर्ण विवादस्पद निर्णय विरुद्धमा समितिमा जाने र कोरोना बीमाको दाबी भुक्तानीका विषयमा छलफल गरिएको थियो । त्यस्तै, जीवन बीमंक संघले पनि पुनर्बीमाको विवादस्पद निर्णय विरुद्ध बीमा समितिमा जाने निर्णय गरिसकेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले गत साताको बिहिबार बीमकलाई आफ्नो सम्पुर्ण जोखिम नेपाली पुनर्बीमा कम्पनीमा गर्न निर्देशन दिएसँगै नेपाल बीमक संघ र जीवन बीमक संघले विरोध जनाउदै आएको छ । नेपाल बीमक संघ र जीवन बीमक संघले यस बिषयमा बैठक बसेपनि अन्तिम रुप भने दिईनसकेकोे स्रोतले जनाएको छ। संघले एक दुई दिनभित्र बीमा समितिमा अन्तिम निष्कर्षको लागि पुग्ने जनाएको छ।
बीमा बिज्ञहरुले स्वदेशी स्वदेशी पुनर्बीमा कम्पनीलाई मात्रै पुनर्बीमा गर्न दिनु ‘सिद्धान्त विपरित’ भएको बताएका छन् । समितिले नेपाली पुनर्बीमा कम्पनीले अस्वीकार गरेको अवस्थामा मात्रै अन्य पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्न सकिने व्यवस्था गरेको थियो ।जोखिम जति बढी हस्तान्त्रण गर्यो त्यति राम्रो हो तर, त्यसको बिपरित बीमा समितिले निर्देशन दिनु बीमाको अन्तराष्ट्रिय सिद्धान्त बिपरित भएको विज्ञहरु बताँउछन् । यसअघि नेपाली बीमा कम्पनीहरुले स्वदेशी पुनर्बीमा कम्पनीका अलावा विदेशी पुनर्बीमा कम्पनीसँग समेत पुनर्बीमा गर्दै आएका थिए । तर, यसरी विदेशी पुनर्बीमा कम्पनीलाई पुनर्बीमा गर्दा वार्षिक करिव ६ अर्ब रुपैयाँ बाहिरिएको भन्दै बीमा समितिले स्वदेशी पुनर्बीमा कम्पनीमा मात्र पुनर्बीमा गराउन निर्देशन दिएको थियो ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार