free website hit counter

हिमालयन बैंकको बैंकिङ्ग सेवा अब साँझमा पनि

beemaadmin
२०७८ मंसिर १५, बुधबार

काठमाडौं । हिमालयन बैंकले सन्ध्याकालिन काउन्टर सेवा पुनः शुरु गर्ने भएको छ । कोभिड(१९ को कारण रोकिएको उक्त काउन्टर बैंकले २०७८ मंसिर १५ गतेदेखि पुनः सञ्चालनमा ल्याउन लागेको हो । बैंकले दिउँसो ३ः३० बजेदेखि बेलुका ७ बजेसम्म सन्ध्याकालिन काउन्टर खुला गर्न लागेको छ । बैंकले काठमाडौंको विभिन्न ६ स्थानबाट उक्त सेवा प्रवाह गर्ने जानकारी गराएको छ ।
बैंकले ठमेल, न्यूरोड, पाटन, चावहिल, महाराजगञ्ज र टेकुबाट ग्राहकलाई सन्ध्याकालिन सेवा दिन लागेको हो । जसमध्ये ठमेल, न्यूरोड र पाटन शाखा दिउँसो ३ः३० बजेदेखि बेलुका ७ बजेसम्म खुला हुने छन् भने चावहिल, महाराजगञ्ज र टेक शाखा दिउँसो ३ः३० बजेदेखि बेलुका ६ बजेसम्म खुला रहने बैंकले जानकारी गराएको छ । बैंकको सन्ध्याकालिन सेवा अन्तर्गत ग्राहकहरुले रकम र चेक जम्मा गर्न, चेकबाट रकम झिक्न र विदेशी विनिमय लगायतका सुविधा लिन सक्ने छन् ।

सम्बन्धित समाचार