free website hit counter

रमेश खरेलले थाले राजनीति, बन्ला वैकल्पिक शक्ति

beemaadmin
२०७८ मंसिर २४, शुक्रबार

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता भइरहेको महसुस आम नागरिकले गरिरहेका बेला पत्याउन सक्ने अनु्हारले वैकल्पिक शक्ति निर्माण गर्न नसकेको अवस्थालाई चिर्दै नेपाल सुशासन अभियानका संयोजक तथा पूर्वडिआइजी रमेश खरेलले नयाँ पार्टी गठन गर्ने भएका छन्। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ‘नेपाल सुशासन पार्टी’ गठन गर्ने घोषणा गरेका हुन्। आज दिउँसो ३ः३० पत्रकार सम्मेलन गरी उक्त पार्टी गठनको घोषणा गर्ने उनले बताए। देशले राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचारजस्ता कारणले विकासको गति लिन नसकेको भन्दै आफूले नयाँ पार्टी गठन गर्न लागेको उनले बताएका छन्।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, गौरवमय इतिहास र आफ्नै फरक पहिचान बोकेको हाम्रो देश नेपाल, पृथ्वीकै लागि गर्विलो देश हो। देशलाई समृद्ध बनाई देश सफल र शक्तिशाली बनाउन नेपालमा थुप्रै सम्भावनाहरू रहेका छन्। तर दुर्भाग्यबस हरेक सम्भावनाबाट पर्याप्तता रहेको हाम्रो देश राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचार जस्ता कारणले गर्दा विकासको गति लिन पाएन।
त्यसैले एक नयाँ आयामको रूपमा नेपाललाई सफल र शक्तिशाली देशको रूपमा स्थापित गर्न नयाँ पार्टी गठन गर्न लागिएको उनले बताए। खरेल २९ वर्ष प्रहरी सेवामा थिए। प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै उनले डिआइजी पदबाट राजीनामा दिएका थिए। प्रहरी संगठनबाट राजीनामा दिएपछि खरेलले भ्रष्टाचार र अनियमितताविरूद्ध नेपाल सुशासन अभियान सञ्चालन गरेका थिए।

खरेल भन्छन्, राम्रा मान्छे एकजुट हुने हो भने पाँच वर्षमा देश कायापलट हुन्छ । यस्ता कुशासनविरूद्ध आफू सधैं संविधानले दिएको अधिकार अनुसार शान्तिपूर्वक लाग्ने समेत बताएका छन्। बेइमानहरूलाई समर्थन नगरीदिनुहोला। सिंहदरबार भ्रष्टाचारीको अखडा हो। प्रदेश, स्थानीय तहका मानिस रातारात करोडपति भएका छन्। यी दलालहरूले देशलाई बन्धक बनाएर रातारात अर्बपति भएका छन्, खरेलले यसअघि यसरी आक्रोश पोखेका थिए । खरेल २९ वर्ष नेपाल प्रहरीमा थिए। सर्वेन्द्र खनाललाई सरकारले प्रहरी महानिरीक्षक बनाएपछि उनले डिआइजी पदबाट राजीनामा दिएर सेवा छाडेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार