free website hit counter

साढे एक अर्बको आईपीओ निष्काशन गर्दै नागरिक स्टक डिलर

beemaadmin
२०७८ मंसिर २६, आईतवार

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित दोस्रो वार्षिक साधारण सभा बोलाएको हो। कम्पनीले सर्वसाधारणको लागि साढे एक अर्बको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पुस २३ गते नागरिक लगानी कोषको भवन, नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह ३ः३० बजे साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। आईपीओ निष्काशन गर्ने सम्पूर्ण कार्यको लागि सञ्चालक समितिले सभाले अख्तियारी समेत दिनेछ। यस्तै कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट सञ्चालकहरुको मनोनयन तथा निर्वाचन समेत गर्नेछ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार