free website hit counter

निफ्राको ८ प्रतिशत बोनस पारित

beemaadmin
२०७८ पुष १, बिहीबार

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालको अध्यक्षतामा सम्पन्न साधारण सभाले आव २०७७–७८ को वित्तीय विवरण अनुसार आर्थिक वर्षको अन्त्यसम्मको संचित मुनाफा मध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी २० अर्बको आठ प्रतिशत बोनस शेयर प्रदान गर्ने र सोको कर प्रयोजनको लागि शुन्य दशमलव चार दुई प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।
त्यस्तै, साधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना संचालकहरुको निर्वाचन गर्ने कार्यक्रम रहेको उक्त सभाबाट सुमन पोखरेल र लिमा अधिकारी आचार्य संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार