free website hit counter

त्यसपछि उनले लगाइन् बलात्कारको आरोप

beemaadmin
२०७८ पुष ९, शुक्रबार

एजेन्सी । कुरा मिलुञ्जेल लिभिङ टुगेदर, कुरा बिग्रिएपछि बलात्कारका आरोप लगाउने चलन सबैतिर छ । अस्ट्रेलियामा एक युवकले एक युवतीसँग शारीरिक सम्बन्ध राखिसकेपछि उनलाई सामाजिक संजालमा ब्लक गरिदिए । यो कुराले ती महिला यति रिसाइन् कि उनले ती युवकमाथि बलात्कारको आरोप लगाइन् । यतिमात्र नभइ उनले युवकलाई ज्यान मार्ने धम्की दिएर बलात्कार र लुटपाट जस्ता गम्भीर आरोप लगाइन् । तर, अदालतमा उनका आरोप निराधार साबित भएका छन् । अदालतले उल्टै ती युवतीलाई हत्याको धम्की दिएको आरोपमा दोषी ठहर गरेको छ ।

एडिलेड नावको एक रिपोर्टअनुसार अस्ट्रेलियाको एडिलेडमा ती युवतीलाई आफ्ना पुरुष मित्रलाई ज्यान मार्ने धम्की दिएको, प्रताडना र अंगभंगको धम्की दिएको आरोपमा दोषी ठहर गरिएको हो । उनले आफ्ना पुरुष मित्रमाथि बलात्कारको आरोप लगाएकी थिइन् । एडिलेड जिल्ला अदालतमा भएको सुनुवाइमा युवकले बताएअनुसार २०१७ मा उनीहरुबीत सहमतिमै शारीरिक सम्बन्ध भएको थियो । त्यसपछि उनले युवतीलाई सामाजिक संजालमा ब्लक गरिदिएका थिए ।

यही कुराले रिसाएकी युवतीले उनलाई धम्की दिन थालेकी थिइन् । धम्की मात्र नभइ युवतीले उनीमाथि बलात्कार र डेबिट कार्ड चोरेर पैसा खर्च गरिदिएको आरोप समेत लगाएकी थिइन् । युवतीले उनीमाथि आरोप लगाउँदै युवकले आफ्नो सहमतिबिना आफ्नो डेबिट कार्ड प्रयोग गरेर ६०० डलरको रक्सी किनेको र त्यही रक्सी खुवाएर आफूलाई बेहोसीको हालतमा पुर्याएर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
अदालतमा अभियोजकले बताएअनुसार ब्लक गरिएपछि रिसाएकी युवतीले पुरुष मित्रलाई बलात्कारको आरोप लगाइन् । उनले फेसबुकमा फर्जी प्रोफाइल बनाएर ती युवकका साथसाथै उनका परिवारलाई समेत धम्की दिउकी थिइन् । अदालतले उनलाई पुरुष मित्रलाई मार्ने धम्की, प्रताडित गरेको, अंग भंग गर्ने धम्की, परिवारलाई प्रताडित गरेको आरोपमा दोषी ठहर गरेको छ । जनवरीमा अर्को सुनुवाइमा उनलाई सजाय सुनाइनेछ । युवती अहिले धरौटीमा बाहिर छिन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार