काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले २१औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको आठ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
पारित बोनस सेयरसँगै बैंकको चुक्तापूँजी ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । साधारणसभाले आर्थिक वर्ष २०७७–७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण छलफल गरी स्वीकृत गरेको छ । आर्थिक २०७७–७८ मा ११७ अर्ब निक्षेप र १०८ अर्ब रुपैयाँ कर्जा पु¥याएको यस बैंक वासलातको आकार १५२ अर्ब रुपैयाँ रहेको छ । सो आर्थिक वर्षमा एक अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।