काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडका १४ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को लाभांश पारित गरेको छ। सभाले ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस सेयरसहित कुल १३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको हो। सभाले आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरु पनि अनुमोदन गरेको छ।
बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न सभामा बैंकले कोभिड–१९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सेयरधनीलाई सहभागिता गराएको थियो। सभामा अध्यक्ष रिसालले सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदनउपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष रिजाल र प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले स्पष्ट पारेका थिए। लुम्बिनी विकास बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७७ शाखा र १७ वटा एटीएमबाट आफ्ना ३ लाखभन्दा बढी ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।