free website hit counter

अजोड इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

beemaadmin
२०७८ माघ १४, शुक्रबार

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चौंथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैंकले उक्त सभाको मिति तय गरेको हो । सभा फागुन ६ गते हुनेछ । सभा युनाइटेड वल्ड ट्रेड सेन्टर, डिइसीसी, अमन हल तेस्रो तल्ला त्रिपुरेश्वर काठमाडौंमा गर्ने जनाएको छ । सभा विहान ११ बजे शुरु हुने कम्पनीले सोही सुचनामार्फत उल्लेख गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट गर्ने जनाएको छ । सभा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित कम्पनीको आर्थिक वर्ष २०७७-७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसुचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८–७९ को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने९बर्तमान लेखापरिक्षक नै कानुनत पुनः नियुक्त हुनु योग्य रहेको० छ । कम्पनीले सभा प्रयोजनका लागि माघ २४ गते शेयर दर्ता किताब बन्द गर्ने जनाएको छ । कम्पनीले यस वर्ष लाभांश नदिने घाेषणा गरेकाे छ ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार