free website hit counter

नेपाल लाइफद्वारा नयाँ बोनसदर घोषणा

beemaadmin
२०७८ माघ १६, आईतवार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा समितिले स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो । समितिले कम्पनीको आर्थिक वर्ष २०७६–७७ को आर्थिक स्थितिको लेखाजोखा दर दायित्व मूल्यांकन बीमांकीय प्रतिवेदन स्वीकृत गरेपछि बोनस दर सार्वजनिक गरिएको इन्स्योरेन्सले जनाएको छ । यससँगै कम्पनीले प्रतिहजार बीमांकमा वार्षिक न्युनतम ५६ रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँसम्म बोनसदर वितरण गर्ने भएको छ ।
कम्पनीले आफ्ना विभिन्न बीमा योजनाको बोनसदर सार्वजनिक गरेको हो । इन्स्योरेन्सले सावधिक (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी र जीवन साथी) योजनामा प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँ बोनसदर तोकेको छ । यी योजनाका १०, ११ देखि १५ र १६ देखि २० वर्ष अवधिका बीमितलाई प्रतिहजार ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको लागि ७० रुपैयाँ र २६ र ३० वर्ष वा ३० भन्दा माथि अवधिको लागि प्रतिहजार ८२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।
त्यस्तै, सवाधिक तथा आजीवन (जीवन साहारा) दुबै योजनामा पनि न्यूनतम ६० देखि अधिकतम ८२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । २० वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको लागि ७० रुपैयाँ र २६ वा सो भन्दा माथिको वर्षको लागि प्रतिहजार ८२ रुपैयाँ बोनस दर तोकिएको छ । त्यसैगरी, अग्रिम भुक्तानी (जीवन सम्बृद्धि) योजनाको १५ वर्षे अवधिको ५६ रुपैयाँ र २० वर्ष अवधिको लागि प्रतिहजार ५८ रुपैयाँ बोनसदर तोकिएको छ । त्यसैगरी, अग्रिम भुक्तानी सावधिक योजनाका सबै बीमितिले ६० रुपैयाँ बोनसदर पाउने भएका छन् । यो योजनामा धन वर्षा १५, धन वर्षा २०, नौलो जीवन सम्बृद्धि, नौलो धन वर्षा, जीवन उन्नती, जीवन शान्ति, छोराछोरी र सदाबहार जीवन योजना पर्ने छन् । साथै, यो नयाँ बोनसदर बीमा समितिबाट अर्को व्यवस्था नभएसम्मको लागि लागू हुने इन्स्योरेन्सले जनाएको छ ।

सम्बन्धित समाचार