free website hit counter

मुक्तिनाथका ग्राहकलाई अनलाइन सपिङमा छुट

beemaadmin
२०७८ माघ १८, मंगलवार

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन काठमाण्डौ उपत्यकामा सञ्चालित अनलाइन सपिङ बजेट पसल डटकम (www.budgetpasal.com) सँग व्यावसायिक सम्झौताहरुमा हस्ताक्षर गरेको छ। बजेट पसल डटकमद्वारा केही किल्कबाटै सजिलै विभिन्न सामग्री जस्तै– खाद्य वस्तु, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामग्री, घरेलु सरसफाइ, सुन्दरताका सामग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिनेछ। होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने बैंकले विश्वास लिएको छ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले बजेट पसलबाट रु। ३ हजारभन्दा बढीको सामान अनलाइन खरिद र भुक्तानी गर्दा ५ प्रतिशत सम्म छुटको फाइदा लिन सक्नेछन्। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।

सम्बन्धित समाचार