free website hit counter

सत्ता गठबन्धनलाई काउन्टर दिँदै एमाले, आजै ४ न्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्ने तयारी

beemaadmin
२०७८ फाल्गुन १, आईतवार

काठमाडौं। सत्ताको फोहोरी खेलले न्यायालय समेत शुद्ध हुन नसक्दाको परिणम मुलुकले भोगिरहेको छ । सत्ताधारी गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सर्वोच्च अदालतमा अन्य ४ जना न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने भएको छ । एमालेले आजै संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गर्ने तयारीमा छ ।
एमालेले सत्ताधारी गठबनधनलाई काउन्टर दिन आजै महाभियोग दर्ता गर्न लागेको हो । एमालेले कारवाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्न माग गर्दै दायर रिटको सुनुवाइकै दिन प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता गरिनुलाई एमालेले आफ्नो रिटमाथि सुनुवाइ भएर आउन सक्ने सम्भावित फैसला रोक्ने र माधव नेपालसहित उनका सांसदहरुलाई जोगाउने चलखेलको रुपमा विश्लेषण गरेको छ । काउन्टरस्वरुप एमालेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन उल्ट्याउने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिने इजलासका बाँकी सबै न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने भएको हो । प्रधानन्यायाधीश जबराको अध्यक्षतामा गठित उत्तर इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई थिए ।
यसअघि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीले आन्दोलन गर्दा प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने आवाज उठेका बेला एमालेले महाभियोग लगाउने भए त्यो संवैधानिक इजलासका पाँचैजनालाई लगाउनुपर्ने भन्दै आएको थियो । आज अचानक सत्ता गठबन्धनले प्रधानन्नायाधीशविरुद्ध मात्रै महाभियोग दर्ता गरेपछि एमालेले अन्य ४ न्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्ने भएको हो । यसैबीच एमालेले सोमबारको लागि आफ्नो संसदीय दलको बैठक सबेत बोलाएको छ । प्रधानन्यायाधीशविरुद्ध अविश्वासको प्रस्ता दर्ता भएर प्रतिनिधि सभाको बैठक समेत बोलाइसकिएको अवस्थामा त्यो बैठकमा आफ्नो रणनीति तय गर्नको लागि एमालेले संसदीय दलको बैठक बोलाएको बताइएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले फागुन ४ गते बुधबार प्रतिनिधि सभा बैठक बोलाएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार