free website hit counter

दुई दर्जन बढी कम्पनीको सात अर्बको आईपीओ आउँदै

beemaadmin
२०७८ फाल्गुन १६, सोमबार

काठमाडौँ । एकपछि अर्को आइपीओ जारी हुनेक्रम जारी छ भने आइपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन हाल्ने कम्पनीहरुको लाइन पनि लामै देखिन्छ । यसरी प्राथमिक शेयर (आईपीओ) बिक्री गर्नका लागि आवेदन दिनेमा २६ वटा कम्पनी पुगेका छन् । ती कम्पनीहरुले ७ अर्ब २६ करोड ६९ लाख २८ हजार ९ सय रुपियाँ बराबरको ६ करोड ५९ लाख ४९ हजार २ सय ८९ कित्ता शेयर बिक्री गर्न स्वीकृतिका लागि सेबोनमा आवेदन दिएका हुन् । सेबोनबाट स्वीकृति प्राप्त भएपछि मात्र आईपीओका लागि थप प्रक्रिया अघि बढ्ने छ ।
आईपीओका लागि आवेदन दिएका मध्ये रिलायवल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता रु. १०० अंकित आईपीओमा प्रिमियम मूल्य रु. ११२ थप गरी बिक्री गर्नका लागि सेबोनसँग स्वीकृति मागेको छ । आईपीओ बिक्री गर्न स्वीकृति माग्ने २६ कम्पनीहरु मध्ये जलविद्युत कम्पनी २० वटा, बीमा कम्पनी २ र ३ माइक्रो फाइनान्स र १ अन्य क्षेत्रको कम्पनी रहेको छ ।
स्वीकृतिका लागि आवेदन दिएका १२ वटा कम्पनी रिभ्यूको क्रममा रहेको, ३ वटाको रिभ्यू गरी कमेन्ट पठाइएको र ११ वटा रिप्लाई एण्ड अण्डर रिभ्यूको क्रममा रहेको सेबोनबाट जानकारी प्राप्त भएको छ ।
आईपीओ बिक्रीका लागि आवेदन दिने कम्पनीहरुमा मोलुङ हाइड्रोपावर कम्पनी, रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड, थ्री स्टार हाइड्रोपावर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर लिमिटेड, सुपरमाई हाइड्रोपावर लिमिटेड, साञ्जेन जलविद्युत लिमिटेड, स्टर्न हाइड्रोपावर लिमिटेड, एशियन हाइड्रोपावर लिमिटेड, रसुवागढी हाइड्रोपावर लिमिटेड र पिपुल्स पावर लिमिटेड छन् । त्यस्तै डिस मिडिया नेटवर्क लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेड हुन् ।
आईपीओ बिक्रीका लागि सेबोनबाट स्वीकृतिको पर्खाइमा रहेका कम्पनीहरुमा बिन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड, दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेड, रिभल फल्स पावर लिमिटेड, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र स्वीटगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शन लिमिटेड छन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार