free website hit counter

पलले बयानमा के स्वीकारे, के अस्वीकार गरे ?

beemaadmin
२०७८ चैत्र ४, शुक्रबार

काठमाडौं । नाबालिग करणीको आरोप लागेका अभिनेता पल शाहले करणीको आरोपलाई अस्वीकार गरेका छन् । नवलपुर जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रमा बयान दिँदै शाहले करणी गरेको कुरालाई अस्वीकार गरेका हुन् । पलले २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरूको सुटिङ सकिएको दुई तीन महिनापछि पीडितले आफूलाई फोन गरि बाहिर सम्बन्धलाई लिएर चर्चा भइरहेको बताएपछि आफूहरूबीच विवाद भएको जाएका छन् ।
बिबाद बढ्दा जाँदा ‘​तिमी आफ्नो तरिकाले गर भनि बादबिबाद भएको केही समयमा पीडितको तर्फबाट प्रहरीमा उजुरी परेको’ उल्लेख गरेको बयानमा भनिएको छ ।
रिसोर्टमा आफूले पीडितलाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको भन्ने व्यहोरा झुटो भएको उनले बयानमा भनेका छन् । उनले बयानमा भनेका छन्, ‘​म र पीडितबीच प्रेम सम्बन्ध थिएन।’

बलात्कार मुद्दा दर्ता
शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो । गायिका समेत रहेकी पीडित बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसूरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । सोही अनुसारको सजाय माग दाबी गरिएको उनले बताए ।
त्यस्तै यौन हिंसा अध्यादेश २०७७ मा चार लाखसम्म जरिवाना हुनसक्ने उल्लेख छ । सोही अनुसार चार लाख रुपैयाँ क्षतिपूर्तिको समेत मागदाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता नेपालीले बताए । शाहलाई तनहुँबाट झिकाउने भन्ने अभियोगपत्रमा उल्लेख गरिएको छ । तनहुँबाट झिकाएपछि मात्र थुनछेक बयान सुरु हुने उनको भनाइ छ । नवलपसारीमा अनुसन्धानपछि शाहलाई तनहुँ लगिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार