free website hit counter

पाँच सयले महंगिता कति पुग्यो सुन

beemaadmin
२०७८ चैत्र २४, बिहीबार

काठमाण्डौ । सुनको मूल्य नेपाली बजारमा घटबढ हुनेक्रम जारी छ । नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९९ हजार रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार