काठमाडौं । बैशाख ५ गते, सोमबार, सुन र चाँदी दुबैको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ। आइतबार १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, यस दिन तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँ बढेको छ। आइतबार १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन, यस दिन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने यस दिन प्रतितोला ५ रुपैयाँ बढेर १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ।