काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । हाइड्रोपावरले कुल २२ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो । यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘बी प्लस’ रेटिङ दिएको छ । हाइड्रोपावरको बिक्री प्रबन्धकको सम्पूर्ण कार्य ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ ।
हिमालयन हाड्रोपावर अन्तर्गत रहेको नार्माजुन मादी जलविद्युत आयोजना १२ मेगावाट कास्कीको साविक नार्माजुन गाविस र हाल मादी गाउँपालिकामा रहेको छ । यस आयोजनाको नियामित उत्पादन हुँदा हुदै अकस्मात २०७८ साल जेष्ठ महिनाको ३१ गते आएको बाढि र पहिरोको कारण विद्युत उत्पादन बन्द रहे पनि मर्मत संभार लगायात सम्पुर्णसामानहरु समेत परिर्वतन गरी २०७८ साल फागुन १६ गतेबाट पुन संचालनमा आएको छ ।