free website hit counter

अजोड इन्स्योरेन्समा कुमार बहादुरकै निरन्तरता

beemaadmin
२०७९ बैशाख १७, शनिबार

काठमाडौं । पुराना कम्पनीहरुको भीडमा अजोड इन्स्योरेन्स कम्पनी कम्पनीलाई स्थापित गराउन सफल प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुमारबहादुर खत्रीको कार्यकाल चार वर्ष थप गरेको छ । कम्पनीको बैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई एक कार्यकाल थप्ने निर्णय गरेको हो । कम्पनीले निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्नु अगाडि नै प्रमुख कार्यकारी अधिकृतमा भित्र्याएको थियो । उनले चार वर्षको अवधिमा पुराना कम्पनीहरुलाई पनि टक्कर दिँदै निर्जीवन बीमा व्यवसायमा स्थापित गर्न सफल भएका छन् । त्रिभुवन बिश्वबिद्यालयबाट ब्यबस्थापन शंकायमा स्नाकोत्तर गरेका खत्रीले नेपाल इन्स्योरेन्स कम्पनीको अधिकृतपदबाट इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेका थिए । दुई दशक भन्दा बढी इन्स्योरेन्स क्षेत्रमा काम गरिसकेका खत्रीले यस भन्दा अगाडी नेपाल इन्स्योरेन्स, एन बि इन्स्योरेन्स (हालको आइएमइ जनरल इन्स्योरेन्स), लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ब्यबस्थापकीय तहमा रहेर काम गरिसकेका थिए ।

सम्बन्धित समाचार