free website hit counter

सुनको मूल्य फेरि उकालो लाग्यो

beemaadmin
२०७९ बैशाख २५, आईतवार

काठमाडौं । आइतबार सुनचाँदीको भाउ महंगिएको छ । वैशाख २५ गते सुन तोलामा ६०० रुपैयाँले बढेको छ । चाँदी पनि आज तोलामा पाँच रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार साताको पहिलो दिन, ९८ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९८ हजार १०० रुपैयाँ पुगेको छ । शुक्रबार भने सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २८५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो साताको अन्तिम कारोबार दिन भने चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २८० रुपैयाँमा झरेको थियो ।

सम्बन्धित समाचार