free website hit counter

डाक्टर साबलाई तेस्रो विवाह महंगो परेपछि….

beemaadmin
२०७९ असार ८, बुधबार

मुम्बई। लखनउका मुटु रोग विशेषज्ञ डाक्टरले दोस्रो बिहेको सपना देख्नु महँगो परेको छ । वास्तवमा, जसलाई डाक्टरले विवाहको कुरा गरिरहेका थिए, उनले डाक्टरसँग एक करोड ८० लाख रुपैयाँ झण्डै ३ करोड नेपाली रुपैयाँ ठगेर भागेकी छिन् । त्यसपछि उनले फोन अफ गरिन् । आफू ठगिएको थाहा पाएपछि डाक्टरले साइबर क्राइम प्रहरी चौकीमा उजुरी दिएका छन् । जानकारी अनुसार लखनउमा बस्ने ७० वर्षीय हृदय रोग विशेषज्ञ डाक्टर मुरादाबादको ठूलो अस्पतालमा तैनाथ छन् । उनकी श्रीमतीको तीन वर्षअघि निधन भएको थियो । डाक्टरले आफूलाई एक्लो महसुस गरे। त्यसैले उनले फेरि बिहे गर्ने सोच बनाए । यसका लागि डाक्टरले जनवरीमा विवाहको लागि पत्रिकामा विज्ञापन छापेका थिए ।
पीडित डाक्टरले विवाहको विज्ञापन छापेपछि धेरै प्रस्ताव आएको उजुरीमा बताए । तर उनलाई ४० वर्षीया कृषा शर्मा मन पर्यो । कृषासँग फोन र ह्वाट्सएपबाट कल मार्फत दुवैबीच कुराकानी सुरु भयो । आफू मरिन इन्जिनियर भएको भन्दै कृषाले आफ्नो सम्बन्धविच्छेद भएको र अमेरिकाको फ्लोरिडामा बस्ने बताइन् ।

कृषाले अहिले आफू अमेरिकामा ठूलो कार्गो जहाजमा इन्जिनियरको काम गरिरहेको डाक्टरलाई बताइन् । करिब डेढ महिनापछि उनी मुम्बई हुँदै लखनउ आउने उनले बताइन् । कृषाले अहिले जागिर छोडेर व्यापार गर्ने सोचमा रहेको डाक्टरलाई बताइन् । जागिरको क्रममा उनले अफ्रिकाबाट धेरै सुन किनेको बताउँदै यो सुनलाई भारत पठाउन चाहेको बताइन् किनकी यति धेरै सुन साथमा ल्याउनु खतरायुक्त हुन्थ्यो । डाक्टरलाई कृषाले रोयल सेक्युरिटी कम्पनीबाट सुन पठाएको बताइन् । उनले डाक्टरलाई सुन लिन आग्रह गरिन् । कुरियर कम्पनीको तर्फबाट डाक्टरलाई फोन आयो। उनले डाक्टरसँग भन्सार शुल्क र अनुमति शुल्कको नाममा १ करोड ८० लाख मागेका थिए । डाक्टरले पनि उनलाई पैसा दिए ।
पछि कृषालाई फोन गर्दा उनको नम्बर स्वीच अफ थियो, त्यसपछि डाक्टरले आफू ठगिएको थाहा पाए । उनले साइबर क्राइम पुलिस स्टेशन लखनऊमा एफआईआर दर्ता गरे। एडीसीपी राघवेन्द्र मिश्रका अनुसार उनले डाक्टरको उजुरीमा एफआईआर दर्ता गरेका छन्। प्रहरीले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार