free website hit counter

सुर्या लाइफद्वारा सुनार परिवारलाई दाबी भुक्तानी

beemaadmin
२०७९ असार ९, बिहीबार

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको ज्यान गएपछि आश्रित परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको शाखा कार्यालय लम्किले मृत्य दाबी भुक्तानी प्रदान गरेको हो । लम्की शाखा कार्यालयमा एक कार्यक्रम गरि पन्चदेवल बिनायक नगरपालिका ८ अछाम घर भएकी मृतक बीमित रत्ना सुनारका छोरा केशब कुमार सुनारलाई २ लाख ६० हजार ७ सय ५० रुपैया बराबर को चेक रकम हस्तान्तरण गरियको हो ।
उक्त चेक रकम कम्पनीका एरिया म्यानेजर रबिन्द्र हमाल, लम्की शाखा प्रमुख सुरेश जैसी, टिकापुर शाखा प्रमुख धन सिंह धामी र एजेन्सि म्यानेजर भरत कुमार कामीले हस्तान्तरणगरेका हुन् । बीमित रत्ना सुनारको असामहिक निधन पछि निजका छोराले मृत्यु दाबी गर्दा कम्पनीले सो रकम भुक्तानी गरेको हो ।बीमित सुनारले २ लाख ५० हजार को जीवन बीमा गरेकोमा प्रथम बीमा सुल्क २५६४२ रुपैयाँ जम्मा गरेका थिय ।
कार्यक्रममा कम्पनीका एरिया म्यानेजर रबिन्द्र हमाल,लम्की शाखा प्रमुख सुरेश जैसी, टिकापुर शाखा प्रमुख धन सिंह धामी, वरिष्ठ एजेन्सी म्यानेजर दुर्गा भट्ट रावल,एजेन्सी म्यानेजर राधिका तिमिल्सेना, भरत कुमार कामी लगायत अभिकर्ता हरुको सहभागितामा चेक हस्तान्तरण गरेको हो । कार्यक्रममा एरिया म्यानेजर रबिन्द्र हमालले मानव जीवन अनिश्चित रहेको र भबिस्य जोखिमले भरिएकोले हाम्रो अनमोल जिवनमा आउने विभिन्न जोखिमको क्षेति न्यूनीकरण का लागि बीमा अत्यावश्यक रहेको बताए ।

सम्बन्धित समाचार