free website hit counter

आलिया गर्भवती भएपछि कण्डम कम्पनीको ट्वीट भाइरल

beemaadmin
२०७९ असार १९, आईतवार

मुम्बई। रणवीर कपुरकी पत्नी आलिया भट्टले इन्स्टाग्राम पोस्टमा आफू आमा बन्ने घोषणा गरेकी छिन् । उनले आफ्नो र रणबीर कपुरको तस्बिर सेयर गरेकी छिन् जहाँ उनीहरू डाक्टरलाई भेट्न गएका थिए । आलियाको तस्बिरमा उनी ओछ्यानमा पल्टिएर अल्ट्रासाउन्ड मेसिनको स्क्रिन हेरिरहेकी देखिन्छिन् । यो पोस्टको क्याप्शन थियो, ‘हाम्रो बच्चा चाँडै आउँदैछ’।

यसपछि सामाजिक सञ्जालमा पनि मानिसहरूले जोडीलाई बधाई दिन थाले । कण्डम ब्राण्ड ड्युरेक्स पनि पछि परेन, उसले पनि रणवीर–आलियालाई फनी पोस्टमार्फत बधाई दिएको छ । कन्डम कम्पनीले इन्स्टाग्राममा पोस्ट र ट्वीट गरेको छ। ड्युरेक्सले इन्स्टाग्राम र ट्वीटरमा एउटा हास्यास्पद पोस्टमा लेखेको छ, ‘महफिल में तेरी, हम तो स्लियरली नही थे।’ यसअघि रणवीर(आलियाको विवाह १४ अप्रिलमा भएको बेला ड्युरेक्सले एक फनी पोस्टमार्फत जोडीलाई अर्कै तरिकाले बधाई दिएको थियो ।

Advertisement
Advertisement

त्यतिबेला ड्युरेक्सको पोस्ट थियो, ‘डियर रणवीर र आलिया‘महफिल मे तेरे, हम ना रहे जो, फन तो नही है।’ त्यसपछि यो पोस्ट पनि भाइरल भएको थियो । ड्युरेक्सले यो पोस्ट गरेपछि जनताको प्रतिक्रियाको बाढी आएको छ । धेरैले हास्यास्पद टिप्पणी गरेका छन् । कण्डम कम्पनीको बधाई दिने शैलीको धेरैले प्रशंसा गरेका छन् । रणवीर र आलियाले कुनै पनि लाइमलाइटमा नआउँदै मुम्बईमा निकै साधारण शैलीमा विवाह गरेका थिए ।

Advertisement
Advertisement

सम्बन्धित समाचार