free website hit counter

एकैदिनमा ह्वात्तै घट्यो सुनको भाउ

beemaadmin
२०७९ असार २२, बुधबार

काठमाडौं । सुनचाँदीको मूल्य भारी रुपमा सस्तिएको छ । बुधबार सुन तोलामा १ हजार ६०० रुपैयाँले गिरावट भएको छ । असार २२ गते, चाँदीको मूल्य पनि एकैपटक ३० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ९६ हजार रुपैयाँमा झरेको छ । यसैगरी आज तेजाबी सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ । मंगलबार भने सुन तोलामा १०० रुपैयाँले महंगिएको थियो । आज सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँ पुगेको थियो ।
बुधबार चाँदीको भाउ तोलामा ३० रुपैयाँले गिरावट भएको छ । आज चाँदी प्रतितोला एक हजार १७५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २०५ रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार