काठमाडौं । बहुमूल्य धातु सुनको भाउ उकालो र ओरालो लाग्नेक्रम जारी छ । बुधबार सुनचाँदी महंगिएको छ । साउन ४ गते, सुन तोलामा २०० रुपैयाँले र चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुनको भाउ घटेको थियो । हिजो सुन तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार १६० रुपैयाँमा झरेको थियो । चाँदीको मूल्यमा पनि उतारचढाव जारी रहेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार १६० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदीको मूल्य भने गिरावट भएको थियो । त्यस दिन चाँदी प्रतितोला पाँच रुपैयाँले सस्तिएर एक हजार १६० रुपैयाँमा किनबेच भएको थियो ।