free website hit counter

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुन

beemaadmin
२०७९ श्रावण २९, आईतवार

काठमाडौं । साताको पहिलो दिन आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै ९७ हजार ८ सय रुपैयाँ पुगेको हो । गत शुक्रबार तोलामा ७ सय रुपैयाँले बढ्दै छापावाला सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढ्दै ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा तोलामा २५ रुपैयाँले बढ्दै आज एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार