free website hit counter

यूनाइटेड इन्स्योरेन्सको बीमा शुल्क आर्जन डेढ अर्ब बढी

beemaadmin
२०७९ भाद्र २, बिहीबार

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपालको गत आर्थिक वर्षको वित्तीय स्थिति सन्तोषजनक देखिएको छ । कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अधिकांश सूचकमा सुधार देखिएको हो । गत आवमा कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४१.८१ प्रतिशतले बढी हो । जुन आर्थिक वर्ष २०७७–७८ मा १ अर्ब १० करोड रुपैयाँ थियो ।बीमाशुल्क निरन्तर बढ्दै गएकोले कम्पनीले आगामी दिनमा नयाँ सेवा सुविधा शुरु गरी कम्पनीलाई थप वित्तीय रुपमा सबल बनाउने योजना बनाएको छ ।
त्यस्तै, खुद नाफा पनि ३२.५९ प्रतिशतले बढेर १३ करोड ९६ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा १० करोड ५२ लाख रुपैयाँ थियो ।
हाल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १३.५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.७७, प्रतिसेयर नेटवर्थ १६०.४० रुपैयाँ र प्रतिसेयर कूल सम्पत्तिको मूल्य ३०३.०१ रुपैयाँ छ । त्यस्तै, बीमा कोषको आकार पनि बढेको छ । अघिल्लो आवमा ३५ करोड ४ लाख रुपैयाँ रहेको कम्पनीको उक्त कोषमा गत आवमा ४२ करोड २ लाख रुपैयाँ सञ्चित छ । १ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोष बढेर १९ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
हालसम्म इन्स्योरेन्सले १ लाख ३७ हजार बढी बीमालेख जारी गरेको छ भने १५ हजार ५६५ वटा नविकरण गर्न सफल भएको छ । त्यसैगरी, कम्पनीले ६९ करोड ४२ लाख रुपैयाँ बराबरको ४ हजार ५१९ वटा दावी भुक्तानी गरेको छ । हालसम्म ७ ह जार ३२४ वटा दावीबाट ९५ करोड ५५ लाख रुपैयाँ भने भुक्तानी गर्न बाँकी रहेको इन्स्योरेन्सले जानकारी गराएको छ ।

सम्बन्धित समाचार