free website hit counter

सन्दीपविरुद्ध प्रहरीले थाल्यो अनुसन्धान

beemaadmin
२०७९ भाद्र २२, बुधबार

काठमाडौं । नेपाली किक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेपछि अनुसन्धान अघि बढाइएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेक प्रसाद राईका अनुसार पीडितको स्वास्थ्य परीक्षण सकेर थप अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सो घटनाको सुक्ष्म अनुसन्धान अघि बढाएको प्रवक्ता राईले जानकारी दिए। सन्दीपविरुद्ध १७ वर्षीय किशोरीले बलात्कार गरेको आरोप सहित प्रहरीमा उजुरी दिएकी हुन्। काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगेर काठमाडौं ल्याई राती ११ बजेर ५५ मिनेटको समयमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ। पीडितले ०७९ भदौ ५ गते राति जबर्जस्ती करणी गरेको अरोप उल्लेख गर्दै २१ भदौ मा प्रहरी वृत्त, गौशालामा पीडितले जाहेरी दिएकी हुन्। प्रहरीले एकद्धार संकट ब्यवस्थापन केन्द्रमा लगेर विस्तृत स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जानकारी दिएको छ। लामिछाने अहिले देशमा छैनन्। उनी गत ६ भदौमा टी–२० सिरिज खेल्नका लागि केन्या गएका हुन्। केन्यामा पाँच खेलको टी–२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार