काठमाडौं । नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो । प्रहरी प्रधान कार्यालय, नक्सालले आइतबार एक सूच्ना जारी गर्दै आगामी मंसिरमा हुने संघीय निवार्चनको लागि सूचना जारी भदौ ३० देखि असोज ६ गतेसम्म दर्खास्त दिन आह्वान गरेको हो । सुचना अनुसार म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ४४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउनेछन् । जिल्ला प्रहरी परिसर (काठमाडौ, भक्तपुर, ललितपुर) र सबै जिल्ला प्रहरी कार्यालयमा दरर्खास्त फारम पाइने छ । कार्यदिन ४० दिनका लागि करिब ५० हजार तलब तोकिएको छ ।