free website hit counter

अन्तर्राष्ट्रिय बजारमा ओरालो लाग्दै तेलको भाउ, निगालाई अत्तो नपत्तो

beemaadmin
२०७९ कार्तिक १४, सोमबार

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो ७ महिनामा करिब २५ घटेको छ। तर नेपाल आयल निगम भने विगतको घाटा पूर्ति गर्ने भन्दै उपभोक्ताको ढाड सेकेर बसिरहेको छ । गत मार्चमा कच्चा तेलको मूल्य उच्चस्तरमा पुगेको थियो। त्यो बेला कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर नाघेको थियो। मार्चको उच्चस्तरबाट तेलको भाउ करिब २५ प्रतिशतले घटेको हो। हाल इन्धनको मूल्य रुस–युक्रेन युद्धअघि स्तरमा झर्दैछ। कमजोर मागको डरले प्राकृतिक ग्यास र कोइलाको मूल्य पनि केही महिनाको तल्लो तहमा झरेको छ। आज सोमबार प्रारम्भिक कारोबारमा पनि कच्चा तेलको मूल्य घटेको छ। ब्रेन्ट आयल ०.७८ प्रतिशत अर्थात ०।७२ डलर घटेर प्रतिब्यारेल ९३.०५ डलरमा कारोबार भइरहेको छ। त्यसैगरी कच्चा तेल डब्ल्यूटीआई ०.५६ प्रतिशतले घटेर ८७.४१ डलर प्रतिब्यारेलमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार