free website hit counter

भारतीय कलाकारकी श्रीमतीलाई बाँधेर सम्पत्ति कुम्ल्याएर नेपाली बेपत्ता

beemaadmin
२०७९ मंसिर २, शुक्रबार

काठमाडौं। भारतीय फिल्मका एक जना कलाकारको घरमा लुटपाट गरेको आरोपमा एकजना नेपाली युवाको खोजीमा भारतीय प्रहरी लागेको छ। ती कलाकारको श्रीमतीलाई घरमा बाँधेर सुन र नगद लुटेको आरोप भारतको चेन्नई प्रहरीले लगाएको छ। समाचारअनुसार, भारतको चेन्नई नजिकको नन्दम्बकम डिफेस्स कोलनीमा बस्ने राधाकृष्णनको घरको घटना हो यो। नोभेम्बर १० अर्थात् गत गत विहिबार दिउँसो नै यो घटना भएको थियो। ५४ बर्षिय राधाकृष्णन भारतीय फिल्मका सहायक कलाकार हुन्। रमेश नाम गरेका नेपाली नागरिक यी कलाकारको घरमा घरेलु कामदारका रुपमा कार्यरत रहेको र उनले नै वाहिरबाट अरु २ जना साथीहरु बोलाई घरमा लुटपाट गरेको आरोप लगाइएको छ।
चेन्नई प्रहरीले रमेशको पूरा नाम र नेपालको ठेगाना सार्वजानिक गरेको छैन। घटनाविवरण अनुसार, राधाकृष्णन घर वाहिर गएको मौका पारेर आफ्ना अरु दुई साथीहरु बोलाई रमेशले राधाकृष्णनकी श्रीमती ४८ बर्षीया राजीलाई बाँधेका थिए। राजीलाई बाँधी सकेपछि राजीले नै डरले सुन र नगद सबै देखाइदिएको र रमेश र उनको टीमले लुटेर फरार थिए। यो विषयलाई भारतीय संचारमाध्यम इण्डिया टुडेले समेत शुक्रबार समाचार प्रकाशित गरेको छ।
समाचारमा नेपाली नागरिक रमेश र उनको समूहले कलाकारको घरबाट २५० तोला सुनका गहनाहरु ३ लाख नगद लुटेर भागेको उल्लेख छ । समाचारमा चेन्नई प्रहरीमा रमेशविरुद्ध उजुरी दर्ता भएको र उनको खोजी भइरहेको पनि उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार