free website hit counter

छिमेकीको ज्यान गएपछि १० जना पक्राउ

beemaadmin
२०७९ मंसिर ४, आईतवार

काठमाडौं । भक्तपुरमा छिमेकीको कुटाइबाट एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार छिमेकीसँग झगडामा चाँगुनारायण नगरपालिका–८ कलमसीका ६१ वर्षीय कुमाल सुनारको मृत्यु भएको हो। कुमाल र छिमेकी ४२ वर्षीय राजु सुनार पक्षबीच झैझगडा हुँदा कुमाललाई कुटपिट गरिएको हो। झगडामा गम्भीर घाइते भएका कुमालको उपचारका क्रममा शनिबार राति मध्यपुर अस्पताल ठिमीमा मृत्यु भएको हो। घटनाको खबर पाएपछि प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले झगडामा संलग्न राजन सुनारसहित १० जनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार