free website hit counter

क्यापिटल प्लान बुझाउन बीमकलाई निर्देशन

beemaadmin
२०७९ पुष १३, बुधबार

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमकहरुलाई कम्पनी पुँजी वृद्धिको योजना सहितको क्यापिटल प्लानको विस्तृत विवरण पेश गर्न निर्देशन दिएको छ ।प्राधिकरणले एक बर्ष भित्र पुँजी पुराउन के कस्तो रणनिति प्रयोग भएको छ भनी विस्तृत विवरण हेर्न प्रगति विवरण माग गरेको छ। बीमा प्राधिकरणले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो। समितिले कम्पनीहरुले क्यापिटल प्लान पेश गरेका पुँजीवृद्धिका योजनाहरु अध्ययन गर्ने र सो अनुसार अध्ययन गरि मर्जर वा पुँजिवृद्धिको विकल्पमा जान सक्ने बिषयमा अध्ययन गरि बनाएको विस्तृत जानकारी प्राधिकरणमा पेश गर्न निर्देशन दिएको छ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार