free website hit counter

प्रभुले गर्यो सेञ्चुरी बैंक प्राप्ति प्रक्रिया स्वीकृत

beemaadmin
२०७९ पुष १४, बिहीबार

काठमाण्डौ । प्रभु बैंकको २१ औँ वार्षिक साधारणसभाबाट सेञ्चुरी कमर्सियल बैंक प्राप्ति प्रक्रिया स्वीकृत भएको छ। काठमाण्डौको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न वार्षिक साधारणसभाले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्र स्वीकृत गरेको हो। सभाबाट सेञ्चुरी बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ। सेञ्चुरी बैंकलाई प्राप्ति गर्न संयुक्त प्राप्ति समितिले गरेको निर्णयलगायतका सम्पूर्ण कामकारबाही पनि सभाले अनुमोदन गरेको छ। गत साउन १५ गते यी दुुई बैंकबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। मर्जरपश्चात प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ। हाल प्रभु बैंकको चुक्तापुँजी १२ अर्ब ७० करोड रुपैयाँ र सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। मर्जरपछि प्रभुको चुक्तापुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ। यसैगरी सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ६.५ प्रतिशत बोनस सेयर र १।५ प्रतिशत नगद लाभांश (करसहित) छन्। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृति गरेको छ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार