एजेन्सी । १५ वर्षीया किशोरीले आफ्नो जीवनमा त्यो हैसियत हासिल गरेकी छिन्, जुन यो उमेरमा कमैले हासिल गर्न सक्छन् । यी केटी ६ वर्षकी हुँदा करोडपति भइन् । अहिले उनको मासिक डेढ करोड रुपैयाँ कमाइ छ । उनी मोडलिङ गर्छिन् र प्रसिद्ध ब्रान्डको समर्थन गर्छिन्। उनको नाम इसाबेला ब्यारेट हो। ६ वर्षको उमेरमा कपडा र गहनाको व्यवसाय सुरु गरेपछि उनी लोकप्रिय अमेरिकी ‘टीएलसी शो’ मा देखा परिन्। इसाबेलाले ‘न्यूयोर्क फेसन विक’ मा मोडलिङ गर्ने क्रममा आफ्नो ब्राण्ड ‘हाउस अफ ब्यारेटी’ लन्च गरेको खुलासा गरेकी थिइन् । इसाबेलाले आफूलाई हन्ना मोन्टानासँग तुलना गर्छिन्। जीवनमा यति धेरै सफलता हासिल गरे पनि, इसाबेला शिक्षिका बन्न चाहन्छिन्। इसाबेलाले आफ्नो सौन्दर्य प्रतियोगिता करियरमा ५५ ताज र ८५ उपाधि जितिसकेकी छिन् । उनी धेरै ब्रान्डका लागि मोडलिङ पनि गर्छिन् । इसाबेला अहिले एक सफल उद्यमीका रूपमा गनिन्छिन् । सामाजिक सञ्जालमा इसाबेलाका १६ लाखभन्दा बढी फलोअर्स छन्, उनी अमेजनमा रहेको डकुमेन्ट्री ‘द नेक्स्ट बिग थिङ’मा पनि देखिएकी छिन् । कुनै बेला इसाबेलाकी आमाले सानै उमेरमा छोरीको मेकअप गरेर काममा पठाएको भन्दै आलोचनाको सामना गर्नुपरेको थियो । यसै क्रममा इसाबेलाले धेरै मानिस आफू जस्तो बन्न चाहन्छन्, यस्तो अवस्थामा आफ्नो भूमिका निकै ठूलो भएको बताइन् ।