काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चार कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ । तीन वटा हाइड्रोपावर र १ लघुवित्त कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएका हुन् । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले २२ करोड ८० लाख रुपियाँ बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि यसअघि नै प्रभु क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । त्यसैगरी सानिमा मिडल तमोर हाइड्रोपावरले ८३ करोड ३१ लाख २५ हजार रुपियाँ बराबरको ८३ लाख ३१ ह्जार २५० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । सानिमा क्यापिटल यसअघि नै बिक्री प्रबन्धक नियुक्त भइसकेको कम्पनीले जनाएको छ । यसैबीच सगरमाथा जलविद्युत कम्पनीले ५४ करोड ८८ लाख रुपियाँ बराबरको ५४ लाख ८८ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल यसअघि नै नियुक्त भइसकेको छ ।