free website hit counter

रेकर्ड नजिक सु्न, १० महिनायताको उच्च मूल्य

beemaadmin
२०७९ पुष २१, बिहीबार

काठमाडौं । लगातार उकालो यात्रामा रहेको सुनको मूल्य आकाशिने क्रम जारी रहेको छ । मंसिरयता सुनको मूल्य बढेको बढ्यै छ । यो वर्ष मंसिर २३ गते, सुनको भाउ प्रतितोला एक लाख रुपैयाँ नाघेपछि निरन्तरजसो वृद्धि भएको छ । पुष २१ गते, बिहीबार सुन तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २ हजार ६०० रुपैयाँ पुगेको छ । यो पछिल्लो १० महिनायताकै सर्वाधिक महंगो मूल्य हो । यसअघि २०७८ फागुन २३ गते, सुन प्रतितोला एक लाख ३ हजार रुपैयाँ तोकिएको थियो । अघिल्लो तीन कारोबार दिनदेखि सुनको भाउ उकालो लागिरहेको छ । बुधबार पसिन सुन तोलामा ३०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख २ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । योसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गर्न मात्र २ हजार ४०० रुपैयाँ बाँकी रहेको छ । गत वर्षको फागुन २५ गते, सुन प्रतितोला एक लाख ५ हजार ५०० रुपैयाँको उच्च स्तर पुगेको थियो । चाँदीको मूल्य भने लगातार घट्दो क्रममा रहेको छ । बिहीबार चाँदी तोलामा १५ रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले ओरालो लाग्दा एक हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुँदा सुनको भाउ बढेको हो । रुस र युक्रेनको युद्ध थाम्ने अवस्था देखिएको छैन । विश्वभर नै अस्थिरता पैदा भएको छ । त्यसैले विश्व अस्थिरतातर्फ जाने हो कि भनेर लगानीकर्ताहरु सुनतर्फ आकर्षित भइरहेका छन् ।अहिलेको परिस्थिती हेर्दा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दा पनि सुन महंगो भएको बज्राचार्य बताउँछन्। तर बिहीबार भने विश्व बजारमा सुनको मूल्य सस्तिएको छ । यो समाचार तयार पार्दासम्म सुन प्रतिअउन्स ४ डलरले घटेर एक हजार ८५० डलरमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि घटेर प्रतिअउन्स २३ डलर बराबरमा झरेको छ ।

सम्बन्धित समाचार