free website hit counter

सन्दीपको धरौटी आदेश खारेज पनि हुनसक्छ

beemaadmin
२०७९ पुष २९, शुक्रबार

काठमाडौं । अदालतले तोकेको भन्दा बढी चलखेल भयो भने बलात्कार आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश फिर्ता हुन पनि सक्ने सम्भावना रहन्छ । अदाललते दिएको उच्च अदालत पाटनले चार वटा अवस्थामा आफ्नो आदेश निष्क्रिय हुनसक्ने बताएको छ । उच्च अदालतले उनलाई विदेश जान रोक लगाएको छ । तर सन्दीप विदेश गएको तथ्यसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा निवेदन दिएमा र सो तथ्य प्रमाणित भएमा धरौटीमा छाड्ने आदेश खारेज हुने पनि उच्च अदालतको आदेशमा उल्लेख छ । यस्तै लामिछानेले विचाराधीन यो मुद्दाको बारेमा कुनै टीकाटिप्पणी गरेको प्रमाणसहित जाहेरीकर्ता किशोरी वा उनको परिवारको सदस्य वा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा निवेदन दिएमा र सो निवेदन व्यहोरा प्रमाणित भएमा पनि आदेश खारेज हुनसक्नेछ । सन्दीप आफैंले वा उनका आफन्तले किशोरी र उनका आफन्त र परिवारसँग सम्पर्क गरेमा र उनीहरुलाई कुनै डर, त्रास, धम्की वा दबाव दिएमा वा प्रलोभनमा पारेमा पनि आदेश खारेज हुने उच्च अदालत पाटनले भनेको छ । अदालतको आदेश विपरीत सन्दीपले काठमाडौं उपत्यका छाडेको प्रमाणसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा निवेदन दिएमा र सो निवेदनको व्यहोरा विश्वसनीय देखिएमा पनि सन्दीपलाई धरौटीमा छाड्ने आदेश खारेज हुनसक्ने उच्च अदालत पाटनको आदेशमा उल्लेख छ ।

बुझाइयो २० लाख धरौटी
उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएका क्रिकेटर सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी रकम जम्मा गरेका छन्। सन्दीपका दाजु मोहन लामिछाने शुक्रबार बिहान २० लाख रुपैयाँ लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन्। धरौटी जम्मा गरेसँगै सन्दीप आजै छुट्ने निश्चित भएको छ। अब अदालतले केन्द्रीय कारागार सुनधरामा सन्दीपलाई रिहा गर्न पत्र पठाउने छ। त्यसपछि सन्दीपलाई तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइनेछ। स्वास्थ्य परीक्षण पछि मात्रै सन्दीप रिहा हुनेछन्। जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई कात्तिक १८ पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर सन्दीप त्यो आदेश खारेज गर्न माग गर्दै उच्च अदालतमा गएका थिए। उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार