एजेन्सी । उत्तर प्रदेशको सम्भल जिल्लामा विवाहमा ठगीको अनौठो घटना बाहिर आएको छ । युवती पक्षले कान्छी छोरीको सट्टा जेठी छोरीसँग बिहे गरेको आरोप छ । ससुरा घरमा अनुहार देखाउने रीतिरिवाजका क्रममा बेहुलीको घुम्टो उठाउँदा हंगामा मच्चिएको थियो । आक्रोशित केटा पक्षले तुरुन्तै बेहुलीलाई माइती पठाए। अब बेहुलाले न्याय नपाए आत्महत्याजस्ता कदम चाल्ने धम्की दिएका छन् । भारतीय मिडियाका अनुसार जिल्लाको हजरत नगर गढी थाना क्षेत्र अन्तर्गत कटौली गाउँको घटना हो। यहाँ बस्ने दलचन्दको कैलादेवी थाना इलाकामा बस्ने युवतीसँग जनवरी २६ मा विवाह भएको थियो । चलनका कारण बेहुलीको टाउको घुम्टोले छोपिन्थ्यो । परम्परागत रितिरिवाज अनुसार दुलाहा र दुलहीले सात वटा परिक्रमा गरी सात जन्मसम्म सँगै रहने वाचा गरेका थिए ।
बेहुलीलाई बिदा गरेपछि बेहुलाले आफ्नो गाउँ कटौली ल्याए । त्यसपछि बिहे घरमा नयाँ बुहारी आएपछि अनुहार देखाउने रिवाज सुरु भयो । यो समयमा बेहुलीको टाउकोबाट बेहुला पक्षका महिलाले घुम्टो उठाएपछि घरमा उपस्थित मानिसहरुको होसहवास उडेको थियो । वास्तवमा, बेहुला पक्षले आफ्नो छोराले पर्दाको आडमा दुलहीकी दिदीसँग विवाह गरेको थाहा पाए। चाँडै यो कुरा गाउँमा फैलियो र ससुराले बेहुलीलाई माइती पठाए । त्यसपछि दुवै पक्षबीच बहस र पञ्चायत सुरु भयो । आफन्तको उपस्थितिमा भएको यो पञ्चायतमा बेहुलीको पक्षले आफूसँग दाइजो मागेको कुरा गरेको सुनियो । केटा पक्षले केटीको पक्षले पर्दाको आडमा ठगी गरेको भन्दै आएको थियो ।
केटी पक्षले कुरा छिन्दा कान्छी छोरी देखाएर जेठी छोरीलाई विवाह गरेर पठाएको उनीहरूको आरोप छ । उनीहरूका अनुसारजेठी मानसिक रूपमा कमजोर छिन् ।जनवरी २६ देखि हालसम्म यस विषयमा आफ्नै समुदायका मानिसहरूबीच पञ्चायत भए पनि हालसम्म यो समस्याको समाधान हुन सकेको छैन । अहिले बेहुला दलचन्द भन्छन्, ‘मसँग न्याय भएन भने म आत्महत्या गर्छु ।’ अहिले केटाको पक्षले प्रहरीमा उजुरी दिएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । बेहुला दलचन्दले भारतीय मिडिया आजतकलाई भने , ‘मेरो विवाह २६ जनवरीमा भयो । मलाई देखाएको केटी अर्कै थिइन् । जहाँ अर्कैसँग बिहे भयो । मैले बिहे गरेकी केटीमा मानसिक कमजोरी छ । मलाई धोका दिइयो। उनलाई मसंग राख्ने छैन। म विष खाएर वा झुण्डिएर मर्छु।’बेहुलाका बुवाले भने, ‘जब बिहे भयो, रातको ३ बजिसकेको थियो । केटीको टाउकोमा घुम्टो थियो । चलनअनुसार दुलही घुम्टोमा मात्रै बस्छिन् । बिहेपछि बेहुलीलाई बिदा गरेर घर ल्याइयो । घर आएपछि समारोह भइरहँदा अर्की केटी बाहिर आइन् । जसलाई तत्काल फिर्ता पठाइयो ।’