free website hit counter

आदर्श लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०७९ माघ २५, बुधबार

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५०.१४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले १४ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा संस्थाले ११ लाख ६४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले यस्तो नाफा १७ लाख २९ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। यो हिसाबले सञ्चालन मुनाफा पनि ३२.६८ प्रतिशलते घटेको छ। समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ४।५ प्रतिशतले घटेर ९० लाख ४३ हजार रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ९४ लाख ६९ हजार रुपैयाँ थियो। चालु आर्थिक वर्षको ६ महिनामा संस्थाले १० करोड ७२ लाख सापटी लिई २८ करोड ४० रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ११ करोड ४८ लाख रुपैयाँ सापटी लिई २६ करोड १५ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी २ करोड ७ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार १२६.९५ प्रतिशतले बढेर १ करोड ७२ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ७६ लाख ६ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा संस्थाको खराब कर्जा (एनपीएल) बढेर २.२९ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल १.५६ प्रतिशत थियो। संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७.०९ रुपैयाँ, पीई रेसियो ९८.८८ गुणा र प्रतिसेयर नेटवर्थ १८३.३९ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

निर्वाचनको समिक्षा गर्दैछ एमाले

beemaadmin
२०८२ फाल्गुन ३०, शनिबार

प्रविधिमैत्री बन्दै हिमालयन लाइफ

beemaadmin
२०८२ फाल्गुन ३०, शनिबार