काठमाडौं । सुनको भाउ लगातार दोश्रो दिन महंगिएको छ । माघ २६ गते, बिहीबार सुन तोलामा १०० रुपैयाँले बढेको छ । चाँदीको भाउ पनि यस दिन प्रतितोला पाँच रुपैयाँले वृद्धि भएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ४ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ४ हजार ४०० रुपैयाँमा कारोबार हुँदैछ । बुधबार पनि सुनको भाउ उकालो लागेको थियो । हिजो सुन तोलामा २०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख ४ हजार ८०० रुपैयाँ पुगेको थियो । अघिल्लो साताको बिहीबारको तुलनामा यस दिनसम्म सुन प्रतितोला २ हजार ६०० रूपैयाँले सस्तिएको छ । माघ १९ गते, बिहीबार सुन प्रतितोला एक लाख ७ हजार ५०० रूपैयाँको उंचाइमा पुगेको थियो । त्यसपछि भने सुनको भाउमा गिरावट देखिएको थियो । बिहिबार सुनसँगै चाँदीको मूल्य महंगिएको छ । यस दिन चाँदी प्रतितोला पाँच रुपैयाँले बढोत्तरी हुँदा एक हजार ३२० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो कारोबार दिन भने चाँदीको मूल्यमा सामान्य गिरावट भएको थियो । बुधबार चाँदी तोलामा पाँच रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भएको थियो ।