संसार बीमाको दायराभित्र आउन लाग्दा हाम्रो देश र हाम्रा नागरिक भने बीमाको फाइदाबाट अझै टाढै छन ।
हुन त बीमा आर्थिक उपकरण हो । यसको महत्व सामाजिक छ । विज्ञान र वैज्ञानिक सिद्धान्तमा आधारित बीमा सुरक्षासँग सम्बन्ध राख्छ । आजको युगमा सुरक्षा नै विश्वास बनेको छ । देशको चौतर्फी विकास र आर्थिक समृद्धिसँगै बीमा अघि बढ्दछ । बीमाको महत्व, आवश्यकता र यसको सामाजिक उपदेयता बुझाउनु नै दायरा वृद्धि हुनु हो । यसका लागि जनचेतना आवश्यक पर्छ । हालका कार्यक्रमहरुलाई अझ व्यापक बनाउन आवश्यक छ । बीमा भनेको आवश्यक पर्दासाथ दिने संयन्त्र हो भनेर बुझाउनु पर्द । कमी कमजोरीलाई न्यून गर्नुपर्छ । फाइदा र महत्वलाई उजागर गर्नुपर्छ । यति गर्न सकियो भने बीमाको दायरा अवश्य बढ्छ ।