काठमाडौं । बीमा क्षेत्रमा दुई दशक भन्दा बढी समयको अनुभव संगालेका बिक्रान्त पाण्डेलाई खानपिन रिसर्च मिडियाको सञ्चालक समिति बैठकले सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ । घुम्ती बीमाको अभियन्ता रहनुभएका पाण्डेले बीमा कम्पनीमा निमित्त सिइओसम्मको जिम्मेवारी सम्हालिसक्नुभएको छ । जनप्रशासनमा स्नाकोत्तर गर्नुभएका पाण्डे नेपालमा बीमा चेतना अभिवृद्धिका लागि विभिन्न सञ्चार माध्यममा सक्रिय रुपमा लाग्नु भएको छ । बीमा चेतनाले मात्रै बीमाको दायरा बढाउन सकिन्ने पाण्डेको भनाई छ ।