काठमाडौं । निरन्तर सस्तिएको सुनको भाउ बुधबार महंगिएको छ । फागुन १७ गते, सुन तोलामा ५०० रुपैयाँले बढेको छ । चाँदीको भाउ पनि यस दिन उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २ हजार ३०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुनको भाउ स्थिर रहेको छ । हिजो सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँ कायम भएको थियो । बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढ्दा प्रतितोला एक हजार २७० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदीको मूल्य स्थिर रहेको थियो । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँ तोकिएको थियो ।