काठमाडौं । सुनको भाउ उकालो लाग्नेक्रम जारी छ । आइतबार १ हजार ७ सय रुपैयाँले बढेको सुन सोमबार पनि तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ । सुनको मूल्य निरन्तर तेश्रो दिन महंगिएको हो । फागुन २९ गते, छापावाल सुन प्रतितोला एक लाख ४ हजार १०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको भाउ निरन्तर तीन दिनदेखि उकालो लागेको हो । आइतबार पनि सुन तोलामा एक हजार ७०० रुपैयाँले बढोत्तरी भएको थियो । हिजो सुन प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँ तोकिएको थियो। सोमबार चाँदीको मूल्य समेत वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढ्दा प्रतितोला एक हजार २५५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । साताको पहिलो दिन पनि चाँदीको मूल्य महंगिएको थियो । आइतबार चाँदी प्रतितोला २५ रुपैयाँले वृद्धि भएर एक हजार २४५ रुपैयाँमा किनबेच भएको थियो ।