सुनको भाउमा पुनः वृद्धि भएको छ । चैत ९ गते, बिहीबार सुन तोलामा नै १,२०० रुपैयाँले बढेको छ । चाँदीको भाउ पनि यस दिन तोलामा २५ रुपैयाँले बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ५०० रुपैयाँ पुगेको छ । बुधबार भने सुनको भाउमा भारी गिरावट देखिएको थियो । हिजो सुन तोलामा नै २ हजार रुपैयाँले घट्दा प्रतितोला एक लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनसँगै चाँदीको मूल्य पनि महंगिएको छ । यस दिन चाँदी प्रतितोला २५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक लाख ३६० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदी तोलामा पाँच रुपैयाँले सस्तिएको थियो । बुधबार चाँदी प्रतितोला एक हजार ३३५ रुपैयाँ कायम भएको थियो ।