free website hit counter

गोपाल खड्कालाई पक्राउ गर्न आदेश

beemaadmin
२०८० बैशाख ५, मंगलवार

काठमाडौं । आफ्नो पहुँच भएका बेला मोजमस्ती गर्नेहरुको एक न एक दिन कानुनले कठालो समाउँछ । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको संयुक्त इजालसले सोमबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो। खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुस २३ मा १८ करोड रुपियाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दा सुनुवाइका लागि खड्कालाई पटकपटक ताकेता गर्दा पनि उपस्थित नभएपछि पक्राउ गरी इजलासमा हाजिर गराउन आदेश भएको हो । पेट्रोलियम पदार्थ भण्डारण गृहनिर्माणका लागि झापा, सर्लाही, चितवन र रुपन्देहीमा जग्गा खरिद गर्दा ठूलो रकम भ्रष्टाचार गरेको आरोपमा उनीमाथि अख्तियारले छानविन अघि बढाएको थियो । खड्काको नेतृत्वमा निगमले चार स्थानमा ७६ बिघा १४ कठ्ठा जग्गा दुई अर्ब ३३ करोड ४० लाख रुपियाँमा खरिद गर्ने निर्णय गरेको थियो । चलनचल्तीको मूल्यभन्दा तीन गुणा महंगोमा जग्गा खरिद गरी रकम भुक्तानी गर्न थालिएपछि संसदीय छानबिन समिति समेत बनाएर दोषी औंल्याउने काम भएको थियो । जग्गा खरिदमा एक अर्ब ६ करोड रुपियाँ घोटाला भएको संसद्को तत्कालिन उद्योग बाणिज्य तथा श्रमसम्बन्धी उपसमितिको ठहर छ । खरिद प्रक्रिया विवादित बनेपछि निगमले दुई अर्ब पाँच करोड ६६ लाख रुपियाँ भुक्तानी गरी ६८ बिघा जग्गाको मात्रै स्वामित्व लिएको छ । अख्तियारले जग्गा खरिदमा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा खड्काविरुद्ध मुद्दा दायर गरे पनि विशेषले जग्गा खरिदमा ‘क्लिन चिट’ दिएर अकुत सम्पत्ति आर्जनको मुद्दामा पक्राउ गर्न भनेको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार